Logo
Logo

मितज्यू प्रति श्रद्धान्जलीका केही शब्द तथा सुरक्षीत आकासको सपना


- दृष्टि न्युज/संवाददाता



हेलिकोप्टर दुर्घटनाले पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको दुखद निधन भएको छ । मन्त्री रवीन्द्र अधिकारी लगायत सबै प्रति हार्दिक श्रद्धान्जली । उहाँहरुका परिवार प्रति हार्दिक समवेदना ।

अब उहाँहरुको सम्झना मात्र वाँकि रहेको छ ।

रवीन्द्र अधिकारीजी संग नाम मिलेको कारणले हामी एक अर्कालाइ मितज्यू भनेर वोलाउने गर्दथ्यौं । अब वोलाउन नपाउने भयौं । उहाँ संगका भेटघाटहरु सबै सम्झनाका रुपमा मात्रै रहने भए ।

मित्र वीरेन्द्र श्रेष्ठ संग एउटै कलेजमा पढेको सम्झना ताजै छ । तर उहाँ संग कलेजमा पढेको वेलाका समयहरु केवल सम्झना मात्रै रहने भयो ।

अत्यन्त दुखद दुर्घटना भएको छ । यस घटनाको जाँचवुझको लागि सरकारले समिति पनि वनाएको छ । नेपाली आकासमा हवाई दुर्घटनाहरु धेरै भैसकेका छन् । सरकारले छानवीन समिति वनाएर प्रतिवेदन वुझ्ने गर्दै आएको पनि छ । तर प्रतिवेदनमा दिइएका सुझावहरुको कार्यान्वयनमा सबै सरकारहरुले उदासिनता देखाउने गरेको आरोप पनि लाग्दै आएको छ ।

यसपटक त्यस्तो नहोस् भन्ने कामना गरौं । के कस्तो कारणले यस्ता दुर्घटना हुने गरेकोछ र कसरी त्यसको निवारण रोकथाम वचाउ गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरतासाथ निर्णय लेओस् भन्ने कामना गरौं ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्