Logo
Logo

सूर्य थापाले हटाए प्रचण्ड रोएको तस्वीर सहितको ट्वीट


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट हटाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोएको तस्वीर राखिएको ट्वीट प्रेस सल्लाहकार थापाले हटाएका हुन् ।

सर्वाेच्च अदालतले नेकपा खारेजीको फैसला पुनरावलोकनको माग राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवेदनमाथि यसअघि कै फैसलालाई सदर गर्दै पुनरावलोकलन नहुने आदेश दिएपछि सूर्य थापाले दाहाललाई व्यंग्य गर्दै एउटा असंवेदनशील पोष्ट गरेका थिए ।

थापाले एकातिर अदालतको आदेश र अर्कातिर प्रचण्डको तस्बिर राखेका थिए । तस्बिर आफ्ना प्रचण्डका छोरा प्रकाशको निधन हुँदाको अवस्थामा खिचिएको समयको थियो । थापाले संवेदनशील विषयमा असंवेदनशील भएर प्रचण्डप्रति गरेको खिसिट्युरीप्रति धेरैले आलोचना र टिप्पणी गरेपछि ट्वीट हटाएका हुन् ।

थापाको पोष्टप्रति आपत्ति जनाउँदै ट्वीटरको अफिसियल एकाउण्टलाई मेन्सन गरेर थापाको ट्वीटर एकाउण्ट सस्पेन्ड गर्न आग्रह गरेपछि उनले पोष्ट हटाएका हुन् ।

थापाले हटाएकाे ट्वीट  :

प्रचण्ड रोएको फोटो राखेर सूर्य थापाले लेखे– सहानुभूतिचाहिं छ

 

प्रतिक्रिया दिनुहोस्