मुलुक चरम फाँसीवादतिर जाने खतरा : प्रचण्ड « Drishti News – Nepalese News Portal
Logo

मुलुक चरम फाँसीवादतिर जाने खतरा : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन् । शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैँले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोज्दैछ । नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ ।’ सरकारको प्रतिगमन यात्रालाई रोक्नु अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ ।
फुटाउ र राज गर भन्ने सामन्ती संस्कारविरुद्ध लामो संघर्ष गरेको बताउँदै उनले भने, ‘तर, अहिले त्यसैमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको छ ।’
लोकतन्त्रको मूल्यमान्यता र आन्दोलनका उपलव्धीहरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भइरहेको समेत उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘समाज जहाँ हामी अहिले आइपुगेका छौँ, अब चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा छ ।’

प्रतिक्रिया दिनुहोस्