Logo
Logo

दुर्घटनामा निधन भएका सातैजनाको शव श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि टुँडिखेलमा राखिँदै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ,१७ फाल्गुन ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि काठमाण्डौको टुंडिखेलमा राखिँदैछ ।

राति अबेरमात्र पोष्टमार्टमको काम सकिएकाले अहिले ८ बजेदेखि बिहान ११ बजेसम्म मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राख्न लागिएको हो ।

डिखेलको श्रद्धाञ्जलीपछि आजै मन्त्री अधिकारीको पार्थिव शरीर गृहनगर पोखरा लगिने छ । आज दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखरा पुर्याई शवयात्राका साथ अन्त्येष्टि गरिने छ ।

अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ । बायाँ (पूर्वपट्टि) बाट श्रद्धाञ्जली दिएर (बायाँ पश्चिमतर्फबाट) बाहिरिन मिल्ने गरी व्यवस्थापन गरिएको छ ।

श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्नुहुने उनले बताए । श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने र अन्य मृतकको शव आफन्तजनलाई जिम्मा दिइने छ ।

प्रतिक्रिया दिनुहोस्