Logo
Logo

माछापुच्छरे बैंकद्वारा पशुपति विकास कोषलाई जुत्ताचप्पलकक्ष हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता



काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी एक कार्यक्रमका बीच मिति २०७५ साल फाल्गुन १७ गते पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे ।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् । साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ । यसका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटिएमसमेत जडान गरी सञ्चालनमा ल्याइसकेको बैंकले जानकारी दिएको छ ।
यस अघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ । बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ९४ वटा शाखाहरु लगायत ६३ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्