Logo
Logo

गृहका २६ अधिकारीको सरुवा, आठ जिल्लाका सिडिओ फेरिए


दृष्टि संवाददाता


काठमाडौं, २६ चैत ।
गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । सरुवामा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएको छ ।

गृह मन्त्रालयको बिहीबारको निर्णयअनुसार शिवराम गेलाल बाँके, धर्मेन्द्र मिश्र पश्चिम नवलपरासी, होमप्रसाद लुइँटेल लमजुङ, नवराज सापकोटा रोल्पा, सुनील खनाल डोटी, भरतमणि पाण्डे मकवानपुर, गोपाल अधिकारी बाजुरा र राजेन्द्रदेव पाण्डे बैतडीको सिडिओ भएका छन् ।
यस्तै गृह मन्त्रालयले नारायण भट्टराईलाई अध्यागन विभागको महानिर्देशक बनाएको छ । बाँकेको सिडिओ भइसकेका रामबहादुर कुरुङबाङलाई इप्रका कैलालीको प्रमुख बनाइएको छ । अध्यागमन कार्यालय विमानस्थलको प्रमुखमा सुशील बैद्यलाई नै राखिएको छ ।
मकवानपृुरका सिडिओ गोविन्द रिजालको गृहमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्