Logo
Logo

उपत्यकाको खतरनाक कुखुरे समूह प्रहरी फन्दामा


दृष्टि संवाददाता


काठमाडौं, २६ चैत ।
विगत ४/५ बर्ष देखि काठमाडौंको खासगरी बालाजु , महाराजगंज क्षेत्रलाई आधार बनाएर दिनको समयमा घरमा मानिस नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न खतरनाक समूह पक्राउ परेको छ ।

पुस १९ गते टोखा नगरपालिका वडा न ८ स्थित सुरेश शाहीको घरमा कोही नभएको मौका पारी कोठामा १३ लाख बराबरको धनमाल चोरी कार्यमा संलग्न रहेका कुखुरे भनि चिनिने राजेश लामिछानेको समुह पक्राउ परेको हो । चोरी गरेका सामान चोरीको हो भन्ने थाहा पाई खरिद गर्ने व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लामिछानेसहित नुवाकोटका भिम तामाङ, चन्द्रागिरीका रितेश लामा र धादिङका बिशाल खतिवडा छन् । चोरीको सुन किन्ने सुन पसले नवराज सदाशंकरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट चोरीका विभिन्न सामान बरामद भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । विगतमा पनि पक्राउ परेको कुखुरे समूहले अन्य घरमा पनि चोरी गरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्