Logo
Logo

विश्व नेपाली साहित्य सम्मेलन हुँदै


दृष्टि संवाददाता


काठमाडौं । संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने श्रष्ट्राहरुलाई समेट्दै विश्व नेपाली साहित्य सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले वैशाख १० र ११ गते भर्चुअलरुपमा विश्व नेपाली साहित्य सम्मेलन गर्ने भएको हो ।

संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने श्रष्ट्राहरुलाई समेट्दै सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न क्षेत्र र विधाका स्थापित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै चर्चित कवि तथा गजलकारहरूको रचना वाचन कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ ।

सम्मेलन सम्बन्धि जारी गरिएको विज्ञप्तिमा विश्वमा नेपाली साहित्यः वर्तमान र भविष्यु विषयमा प्रवासी नेपाली समुदाय (डायस्पोरा) का विभिन्न संघसंस्था र विशेषज्ञबाट प्यानल छलफलसमेत गराइने उल्लेख छ ।

सम्मेलनको उद्घाटनसत्रम ‘समृद्ध चिन्तनका लागि साहित्य’ शिर्षकमा नेपाली भाषा, साहित्य क्षेत्रका विशिष्ट व्यक्तिबाट मुख्य मन्तव्य रहने विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी सम्मेलनमा नेपाली कविताको बदलिँदो संरचना तथा आख्यानका विभिन्न आयाम र प्रयोगहरुका साथै नेपालमा मातृभाषा साहित्यको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलन नेपाली भाषा तथा मातृभाषाको उत्थान, अनुसन्धान, विकास तथा विस्तारका लागि सहयोग पुगोस भन्ने उदेश्यका साथ सम्मेलन आयोजना गर्न लागिएकोले सबै नेपाली अग्रज साहित्यकार तथा साहित्यानुरागीमा कार्यक्रम सफलरुपमा सम्पन्न गराउन सहयोग गर्न आयोजक संस्थाले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्