Logo
Logo

अनेक धन्दामा एनआरएनए संलग्न


दृष्टि संवाददाता


काठमाडौं । गैरआवासीय नेपालीहरु विभिन्न अपराधमा मुछिन थालेका छन् । दोहोरो नागरिकता र दोहोरो पासपोर्ट त उनीहरुको लागि सामान्य भइसकेको छ । धर्म प्रचारका धन्दामा समेत उनीहरु लागेको पाइएको छ ।

अमेरिकामा बस्दै आएकी एक एनआरएनए समाजसेवाको आवरणमा धर्म प्रचारको धन्दामा संलग्न रहेका पाइएको छ । अमेरिकी नागरिकसँग बिहे गरेर अमेरिका पुगेकी शोभाना समाजसेवाको आवरणमा क्रिश्चियन धर्म प्रचारमा लागेकी हुन् । ठिमीमा ल्याङवेज सेन्टर चलाएर बसेकी उनले अर्काे एक एनजिओमार्फत धर्म प्रचार गरेको खुलेपछि उनलाई गृह मन्त्रालयले निष्काशनको निर्णय गरेको छ ।

अमेरिका पुगिसकेपछि उनलाई निष्काशनको निर्णय भएको थियो । जून उनले थाहा पाइनन् । गत महिना नेपाल आइन् । एनआरएनका लागि अहिले पनि अन अराइभ भिसाको सुविधा छ । अध्यागमनको रेकर्डमा उनी तीन वर्षका लागि कालोसूचीमा देखियो । विमानस्थलमा उनले झगडा गरिन् । त्यसपछि एयरपोर्टबाटै उनलाई फिर्ता गरियो । त्यसविरुद्ध उनी नेपालमा अदालत जाने तयारीमा छिन् । आफ्नो माइती देश आउन प्रतिबन्ध लगाइएको भन्दै उनले मानव अधिकारको प्रश्न उठाएर अदालतमा मुद्दा हाल्न लागेकी हुन् ।

उनका श्रीमान र उनी दुवै जना नेपालमा धर्म प्रचारको गतिविधिमा देखिएका थिए । बिजनेश तथा बिद्यार्थी भिसामा नेपाल बसेका सयौं विदेशी नागरिक नेपालमा धर्म प्रचार गरेर बसेको छन् । कतिपयले प्रशासन र अध्यागमनलाई घुस खुवाएर आफूहरुमाथिको कारबाही रोकाउने गरेका छन् । केहीलाई भने फिर्ता पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्