Logo
Logo

मेनपावारमाथि कारबाही थालेका महानिर्देशक हटाइए


दृष्टि संवाददाता


काठमाडौं, ३१ चैत ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललाई हटाइएको छ । ठगी गर्ने मेनपावरबाट कडा कारबाही गर्दै आएका दाहाललाई अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।


उनीबाट स्वार्थ पूरा नभएपछि सरकारले हटाएको छ । हालै नियुक्त भएका श्रममन्त्री गौरीशंकर चौधरीसँग उनको कुरा मिलेको थिएन । आफुलाई सोधेर मात्र मेनपावरमा छापा हान्न उनले निर्देशन दिएका थिए । दाहाललाई हटाएर विभागमा सेटिङमा चल्ने सहसचिव ल्याउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्