Logo
Logo

जनविजय क्याम्पसलाई प्राइम बैंकको सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १८ गते शनिबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश नं. ३, काभ्रेपलाञ्चोक जिल्ला, रोेशी गाउँपालिका मंगलटारस्थित मंगल जनविजय क्याम्पसका बिद्यार्थीहरुलाई अध्ययनमा सुविधा पु¥याउने हेतुले ६० वटा बेन्च डेक्स बनार्ई एक समारोहका बीच हस्तान्तरण गेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका हुन् । साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले बैंकिङ चेतनामूलक शिक्षा प्रदान गरी बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराएका थिए । उक्त समारोहमा संघीय संसदका माननीय सदस्य श्रीमती शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्