Logo
Logo

प्रभु बैंकको आठ प्रतिशत बोनस सेयर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंकको आइतबार सम्पन्न १७औँ वार्षिक साधारसणसभाले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले साधारसणसभाबाट बोनस सेयरसम्बन्धी प्रस्ताव पारित गरेको हो । पारित बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको सो अवसरमा जानकारी दिइएको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदनसहित गत आव ०७४÷७५को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाहलगायत विवरण पारित भएको बैंकले जनाएको छ । साथै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको पनि गत आव ०७४र७५ को एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ ।
साधारणसभाले संस्थापक समूहतर्पm कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूहतर्पm कायम रहेको ३८.६९ प्रतिशतको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहतर्पm ५५ प्रतिशत र सर्वसाधारण समूहतर्पm ४५ प्रतिशत कायम हुने गरी संरचना परिवर्तन गर्ने निर्णयसमेत गरेको छ । सभाले सोहीबमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ । साथै सभाले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिसन (प्राप्ति) तथा खरिदसम्बन्धी प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।
प्रभु बैंकले देशका विभिन्न स्थानमा १६५ शाखा, १० एक्स्टेन्सन काउन्टर, १३२ एटिएम काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ । साथै, बैंकले निकट भविष्यमा देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालय खोली सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्