Logo
Logo

प्राइम कमर्सियलको वित्तीय साक्षरता सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रदेश नं. ३ दोलखाको जिरी नगरपालिका, जिरी उद्योग वाणिज्य संघ र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठको प्रमुख आतिथ्यमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ अवस्था, चुनौती, समाधानका उपाय एवं अवसरका बारेमा स्पष्ट पारेका थिए भने राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ साक्षरता कार्यक्रमअन्तर्गत बैंक तथा बित्तसम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पालगायत समाजका अन्य प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्