Logo
Logo

सिंहदरबारभित्र कर्मचारीको आन्दोलन


दृष्टि संवाददाता


काठमाडौं । मुलुकको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र विभिन्न माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्लेकार्डसहित प्रदर्शन उत्रिएका कर्मचारीहरुलाई प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ गरेको छ ।
नासुहरूले शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्नेजस्ता माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
कुनै पनि पदबाट १२ वर्षसम्म बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेरमात्र खुलातर्फ विज्ञापन गरिनुपर्ने पनि उनीहरुको माग छ । यस्तै यो व्यवस्था संघीय निजामति सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीका हकमा पनि लागू गर्नुपर्ने माग उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस्