Logo
Logo

गण्डकीमा प्रतिपक्षद्वारा विशेष अधिवेशनको माग


दृष्टि संवाददाता


कास्की । गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य भएपछि प्रतिपक्ष दलले विशेष अधिवेशन माग गर्न गृहकार्य थालेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको संयुक्त बैठकमा विशेष अधिवेशन आव्हान गरेरै भएपनि अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भइरहेको छ । साथै, नयाँ सरकार गठनका लागि समीकरणबारे समेत छलफललाई तीव्र बनाएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेकै अवस्थामा प्रदेश सरकारको सिफारिसमा बुधबार मध्यरातिबाट अधिवेशन अन्त्य गरिएको थियो । त्यसँसँगै चार दल विशेष अधिवेशनको माग गर्न छलफलमा जुटेका हुन् । तीन सिट रहेको जनमोर्चाले अविश्वास प्रस्तावमा साथ दिए एमालेले नेर्ततव गरेको गण्डकी प्रदेश सरकार ढल्ने निश्चत छ ।

प्रतिक्रिया दिनुहोस्