Logo
Logo

काठमाडौं र भक्तपुरमा दुर्घटना, दुई जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं, २ बैशाख ।
काठमाडौं र भक्तपुरमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वेर नगरपालिका–६ नारायणटारस्थित सडकमा बा.७० प ८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ अत्तरखेल डेरा गरी बस्ने सिरहा भगवानपुर गाउँपालिका–१ घर भएका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–४ एसएस चोकस्थित सडकमा बा.५३ प ६९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रे धुलिखेल नगरपालिका–१० बस्ने ३२ वर्षीय महेश शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्