Logo
Logo

‘मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओलीकै नक्कल गरे’


दृष्टि संवाददाता


कास्की । गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको प्रयासमा भइरहेका बेला चालू अधिवेशन अन्त्य गर्न ‘राजनीतिक बेइमानी’ भएको दलहरुले बताएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउनै लाग्दा प्रदेश सरकारको सिफारिसमा बुधबार मध्यराति अधिवेशन अन्त्य गरिएको थियो । तर, कांग्रेसलगायतले तीन दलले बिहीबार मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

नयाँ सरकार गठन गर्न सहमत भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । तर, त्यसअघि ने अधिवेशन अन्त्य गरिएको थियो ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल यसलाई राजनीतिक बेइमानी भएको बताए । उनले सरकारलाई अधिवेशन अन्त्य गर्ने अधिकार भएपनि ६ गतेलाई बैठक बोलाइसकेको अस्वस्थामा प्रदेशसभाको अधिवेशन अन्त्य गरिनु बैइमानी भएको बताए । उनले भने, ‘अलोकतान्त्रिक कदमको भत्र्सना गछौँ ।’

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी ओलीकै नक्कल गरेको बताउँदै मुख्यमन्त्रीले सार्वजनिक रुपमा अविश्वासको प्रस्ताव फेस गर्न सक्नुपर्ने बताए ।

बिहीबार चार दल विशेष अधिवेशनको माग गर्न छलफलमा बसेका थिए । सो छलफलपछि जसपा संसदीय दलका नेता हरिशरण आचार्यले संसदीय प्रणालीको नैतिक मूल्यमान्यताको उपहास भएको बताए ।

विशेष अधिवेशन बोलाउन समावेदन दिने कि नियमित अधिवेशन कुर्ने भन्ने विषयमा छलफल गर्न सरकार गठनमा सहमत चार दलको बैठक बसेको हो ।

 

प्रतिक्रिया दिनुहोस्