Logo
Logo

सांसद रावल बस्ने घरमा ढुंगा हानेको आरोप एक जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार रहेको बताइएको छ ।
बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सांसद रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको बताएका थिए । उनले त्यो बेला १०० मा फोन गर्दा समेत नउठेको बताउँदै महानगरीय प्रहरी परिसर, काठमाडौंमा फोन गरेपछि ४५ मिनेटपछि मात्र प्रहरी आइपुगेको उनले बताएका थिए ।
घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षका मनोज तामाङलाई पक्राउ गरेको छ । रामेछाप घर भई गठ्ठाघर बस्दै आएका उनीसँगै नसिन लिम्बुले राति सांसद रावल बसेको घरमा ढुंगा हानेको आरोप छ ।
तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए । तर, घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्