Logo
Logo

ओली–ठाकुर हिमचिम बढ्दाे, सत्ता समीरकणबारे आज निर्णायक वार्ता


दृष्टि संवाददाता


काठमाडौं । नयाँ सत्ता समीकरणबारे छलफल गर्न प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी रहेको बताइएको छ । भेटवार्तामा सत्ता समीकरणका लागि अहिलेसम्म भएको कामकारबाहीबारे कुराकानी भएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सत्ता समीकरणका लागि ओली र ठाकुरले बनाएको कार्यदलको बैठक पनि आजै बस्दैछ । आजको बैठकबाट सत्ता सहयात्राकाला लागि ठोस निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्