Logo
Logo

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा बढाउनुपर्छ : राष्ट्रपति भण्डारी


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताएकी छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा समृद्धि हासिल गर्ने साझा यात्रामा अघि बढिरहेको सन्दर्भमा कलाकार राज्यको यस सङ्कल्पलाई गहिरोसँग आत्मसाथ गर्दै विकास प्रक्रियामा सबैलाई जागरुक, जिम्मेवार र सक्रिय बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।

कुनै पनि मुलुकको कलाको स्तरबाट त्यहाँको सभ्यताको विकास मापन हुने जानकारी दिँदै उहाँले कला सिर्जनामा जीवन र जीवनका सङ्ग्रहहरु हुने राष्ट्रपतिको दावी थियो । प्राचिनकालदेखि नै जीवन­जगतलाई बुझ्ने र बुझाउने साहित्य तथा सङ्गित जस्तै ललितकलाको पनि साधना चल्दै आएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्