Logo
Logo

एमाले र जसपाका कार्यदलबीच छलफल सुरु


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का कार्यदलबीच छलफल सुरु भएको छ । विहीबार प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्तापछि दुई तर्फका कार्यदलबीच छलफल भइरहेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र जसपा कार्यदलबीच छलफल भइरहको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

जसपाले जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता लगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्