सरकारको कामप्रति जसपा सन्तुष्ट, केही दिनमै सरकारलाई समर्थन गर्ने तयारी « Drishti News – Nepalese News Portal
Logo

सरकारको कामप्रति जसपा सन्तुष्ट, केही दिनमै सरकारलाई समर्थन गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी ( जसपा)ले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको एमाले र जसपा कार्यदलको बैठकमा जसपाले दुई तीन दिन भित्रै सरकारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको हो ।

कार्यदलको छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको थियो । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।

जसपा नेपालले बुझाएको फाइलको बारेमा गृहमन्त्रालयले अध्ययन थालेको र चाँडै नै जिल्ला जिल्लामा सर्कुलर पठाएर बन्दी रिहाइको प्रकृया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले भनेको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समर्थनको सन्दर्भमा कार्यदललाई प्रतिबद्धता जनाएको भएपनि पार्टीभित्र छलफल गर्ने निष्कर्षमा जसपा कार्यदल पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्