Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावदेखि ओली समूह जसपालाई फकाउँदैसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा कोरोना संक्रमको दोस्रो लहरले तीव्र गति लिदैं, सरकारद्धारा काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट अति प्रभावितमा क्षेत्र घोषणा, बालबालिकालाई विद्यालय नपठाउन सरकारको अपील ।

२. सबै सरकारी अस्पतलाले कोरोना संक्रमितका लागि कम्तीमा ५० शय्या छुट्याउनु पर्ने, कोरोना संक्रमण बढ्दै गएकाले अनिवार्य ५० शय्या छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन, कोभिड–१९ संक्रमण पुष्टि भएपनि नाजुक अवस्थाका विरामीलाई मात्र अस्पताल पठाउन आग्रह ।

३. गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, अविश्वासको प्रस्ताव दर्तापछि रातारात प्रदेश सभा अधिवेशन अन्त्य, विशेष अधिवेशन आह्वान गर्न माग ।

४. सत्ता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको कसरत जारी, जनता समाजवादी पार्टी (जसपा)सँग छलफल, सरकार–जसपा कार्यदलको बैठकमा जसपाद्वारा सरकारको काम चित्तबुझ्दो रहेको प्रतिकृया, नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्नेबारे जसपामा अलमल कायमै ।

५. माथिल्लो तामाकोशीको काममा भइरहेको ढिलाइ प्रति प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट, काममा अस्वभाविक रूपमा ढिलाई गरिएको भन्दैे ढिलासुस्ती सह्य नहुने चेतावनी, काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति बेहोर्नुपर्ने प्रधानमन्त्रीको भनाइ ।

६. कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिँदै, प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीको ह्वीप, नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिने माओवादीको अपेक्षा ।

७. खुला कारागारको अवधारणा समेटिएको ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७’ संसदीय समिटिबाट पारित, विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न सक्ने, खुला कारागारमा रहेका कैदीलाई सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार्यक्रममा काम गर्न लगाउन सकिने, स्वयंसेवकको रुपमा काम लगाउन सकिने ।

८. नयाँ वर्षको पहिलो कारोबारको दिन नेप्सेले नयाँ ‘अलटाइम हाइ रेकर्ड’ बनायो, गत वर्षको अन्तिम कारोबार दिन बनेको अलटाइम हाइ रेकर्डलाई तोड्दै नेप्सेद्वारा रेकर्ड कामय, २३ दशमलव २३ अंक बढेर २ हजार ७ सय १४ दशमलव ७९ विन्दुमा, रुरु जलविद्युत आयोजनाको शेयर बाँडफाँट शुक्रबार ।

९. कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारको निर्देशानुसार त्रिकोणात्मक क्रिकेट सिरिज दर्शक विना नै खेलाउने तयारी, धनगढी एफसीले आइकोनिक खेलाडीमा किरण र प्रशिक्षकमा युगल किशोर राईलाई अनुबन्ध, दक्षिण अमेरिकी फुटबल संघलाई मेस्सीको पचास हजार कोरोना खोप सहयोग, भारतमा जारी १४ औं संस्करणको आइपीएलमा बिहीबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स् भिड्दै, दिल्ली दोस्रो जीतको खोजीमा रहँदा राजस्थान पहिलो जीत निकाल्ने दाउमा ।

१०. र, कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणबाहिर जान लागेको भन्दै भारतको राजधानी नयाँदिल्लीमा कफ्र्यु, कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको भनाइ, आफ्नै स्रोतसाधनमा निर्भर भएर नागरिकको जीवन रक्षा गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उद्घोष ।

प्रतिक्रिया दिनुहोस्