Logo
Logo

बुधबारदेखि देशभरको तापक्रम बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । देशभरको तापक्रम ह्वातै बढेको छ । बुधबारदेखि देशभरको तापक्रम बढेको हो । तापक्रमको बृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टाभित्र देशका अधिकांश भूभागको अधिकतम तापक्रममा वृद्धि भएको हो । जसअनुसार नेपालगञ्जमा ४० डिग्री सेन्टिग्रेड तापक्रम पुगेको छ ।

त्यस्तै भैरहवाको तापक्रम ३९ डिग्री पुगेको छ । सिमराको ३८.२ डिग्री, जनकपुरको ३७.५, वीरेन्द्रनगरको ३६.४, विराटनगरको ३४.७, धनकुटाको ३१ र काठमाडौंको तापक्रम ३० डिग्री सेन्टिग्रेड तापक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्