Logo
Logo

बागलुङमा चट्याङबाट दुईजनाको मृत्यु


दृष्टि संवाददाता


बागलुङ । बागलुङमा चट्याङबाट दुईजनाको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङका कारण एक जना घाइते भएका छन् । बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ ।

 

त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ ।

गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिमलालको मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी, १ गोरु र दुईवटा बाख्रा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्