Logo
Logo

चट्याङले तीन घर ध्वस्त


दृष्टि संवाददाता


ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका–८ मा गएराति चट्याङ पर्दा तीन घर ध्वस्त भएको छ । ध्वस्त भएको घर गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलको हो । हावाहुरीसहित मध्यराति १ बजे परेको चट्याङ आफ्नो घरको कोठामा परेपछि तीनवटा घर ध्वस्त भएको अध्यक्ष पौडेलले बताए ।
टारकेराबारीस्थित गाउँपालिका अध्यक्षको घर र उनका सहोदार भाइ सोही वडाका वडाध्यक्ष विशालको घर एल आकारमा बनाएका थिए । भूकम्पपछि बनेको अर्को एउटा नयाँ घरसमेत चट्याङबाट क्षतिग्रस्त भएको पौडेलको भनाइ छ ।
मान्छे नसुत्ने भएकाले आफ्नो घरमा मानवीय क्षति नभएको उनले बताए । चट्याङ परेपछि आगलागी भएको थियो । भन्ज्याङस्थित घरमा चट्याङपछिको आगलागीले घरभित्र रहेका नगद जिन्सीलगायत भौतिक सामाग्री नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्