Logo
Logo

संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय


दृष्टि संवाददाता


काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेका बेला महानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय भएको जनाएको हो । यसरी बन्द गरिएका विद्यालयहरुलाईै वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नसमेत महानगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्