Logo
Logo

भक्तपुरको गाईफार्ममा एक युवकको हत्या


दृष्टि संवाददाता


काठमाडौं, ३ बैशाख ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ सिपाडोल मुलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बु घर भएका अन्दाजी २० वर्षीय ईश्वसर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको छ । हत्याको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


उक्त गाई फर्ममा राईको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती समेतबाट तत्काल खटिएको प्रहरीले आशिषलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक ईश्व्र, महोत्तरी घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिस योञ्जन, सुनिल बल र आशिष सिपाडोल मुलबाटोस्थित गाई फर्मको टहराभित्र बसी कुराकानीको क्रममा बादबिवाद भई झै–झगडा हुँदा आशिषले खुकुरी प्रहार गर्दा ईश्वडरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको हो ।

प्रतिक्रिया दिनुहोस्