Logo
Logo

प्रचण्डलाई प्रधानमन्त्रीको फोन : जवाफमा भने, ‘तपाइँले के भन्न खोज्नुभएको हो ?’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै समयपछि आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकाे फाेन  आएको बताउँदै ललितपुरमा आयोजित एक कार्यक्रम छोट्याएका छन् ।
ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा पुगेका अध्यक्ष प्रचण्डले भने, ‘यहाँ बोल्दै गर्दा मलाई प्रधानमन्त्रीको फोन आएकोछ । यो राम्रो कि नराम्रो हो । मलाई धेरै समयपछि प्रधानमन्त्रीको फोन आएको छ ।’
प्रचण्डले भने, ‘आफू बाटोमै मलाई प्रधानमन्त्री केपी ओलीको फोन गरेर र तपाइँले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ । आज भेट्दा यहाँको बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु ।’ यति भनेपछि उनी कार्यक्रबाट बाहिरिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्