Logo
Logo

प्रचण्डलाई ओलीको फोन


दृष्टि संवाददाता


काठमाडौं, ३ बैशाख ।
तिक्तताकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई फोन गरेका छन्।


शुक्रबार दिउँसो ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रचण्डले आफुलाई प्रधानमन्त्रीले फोन गरेको बताइका हुन् । ’म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई’, प्रचण्डले भने, ’धेरै समयपछि।’ फोनमा ओलीले के विषयमा कुरा गरे भन्नेबारे प्रचण्डले प्रष्ट पारेनन् ।

उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह गर्ने बताए। प्रचण्डले त्यसो भन्दा उपस्थितले ताली पिटेका थिए।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन। ओलीले प्रचण्डलाई फोन गरेर भेट्न निम्तो दिएका थिए। प्रचण्डले भेट्न अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्