Logo
Logo

तत्कालै विद्यालय बन्द नहुने, सिफ्टमा सञ्चालन गर्न आग्रह


दृष्टि संवाददाता


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु सिफ्टमा सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अंगीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको छ ।

स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन भने अपिल गरेको छ ।

यसअघि कोरोना देखिए विद्यालयहरु एक साता बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्