Logo
Logo

भोलिबाट सुरु हुने टी २० सिरिज पारस खड्काले नखेल्ने


दृष्टि संवाददाता


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी पारस खड्काले मलेसिया र नेदरल्याण्ड्स सम्मिलित टी २० सिरिज गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा काँधमा चोट लागेका कारण पारसले यो सिरिज गुमाउने भएका हुन् ।

चिकितसकले तीन साताका लागि आराम गर्न सल्लाह दिएसँगै उनी टिमबाट बाहिरिएका छन् भने उनको स्थानमा सन्दिप जोरालाई ल्याइएको छ । पारसले चोटका कारण नेपालको मुख्य खेल गुमाएको यो तेस्रो पटक हो ।

यसअघि सन् २०१७ मा नेपालमा नै आइसीसी विश्व विश्वकप क्रिकेट लिगमा घरेलु मैदानमा नामिवियासँगको खेल गुमाएका थिए भने सिंगापुरमा भएको टी २० विश्वकपको क्षेत्रीय छनोटको फाइनलमा मलेसियासँगको खेलमा कम्मरको समस्याले खेलेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्