Logo
Logo

अग्निपीडितलाई तत्काल राहत दिन्छौँ : मुख्यमन्त्री राई


दृष्टि संवाददाता


ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अग्निपीडित परिवारको उद्धार र राहतका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आगलागीबाट धनमालसहित घरबास गुमाएका ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलको घरमा पुगेर उनले अग्निपीडित परिवारलाई तत्काल उद्धार र राहत दिन प्रदेश सरकार लागिपरेको बताएका हुन् ।

‘आगलागीका घटना बढेकाले ठूलो जनधनको क्षति भयो । वनजङ्गलमा लागेको आगो विस्तारै नियन्त्रणमा आएपनि घरमा लागेको आगो नियन्त्रणमा नआउँदै सबै जलिसक्ने परिस्थिति छ’ उनले भने, ‘आगोबाट छाना, खाना र नाना गुमाएका अग्निपीडितलाई प्रदेश सरकारले तत्काल राहतको व्यवस्था गर्छ ।’

मुख्यमन्त्री राईले स्थानीय सरकार र सरोकारवालाले पनि विपद्मा परेका परिवारलाई मानवीय हिसाबले सक्दो सहयोग गर्नुपर्ने बताउँदै दुर्गम, भौगोलिक विकटता र आवश्यक उपकरण अभावका कारण आगलागीका घटना तत्काल नियन्त्रण गर्न नसक्दा वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्