Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : एमसीसी पारित गर्न प्रधानमन्त्रीको दौडधुपदेखि क्रिकेटमा नेपालको सानदार जितसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सम्पन्न, एमसीसी पारित गर्न प्रधानमन्त्री ओलीद्वारा दलीय सहमति खोज्ने प्रयास, एमसीसीबारे छलफल नगर्ने भन्दै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईद्वारा बहिस्कार ।

२. सभामुख अग्नीप्रसाद सापकोटाले सदनमा एमसीसी टेबल गर्न नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट, संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेर संसद बन्दक बनाएको आरोप, सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको दावी ।

३. एमसीसी चाँडो भन्दा चाँडो पास गराउन सरकारलाई प्रमुख विपक्षी नेपाली कांग्रेसको आग्रह, बालुवाटारमा सम्पन्न सर्वदलीय बैठकमा कांग्रेसद्वारा एमसीसी नरोक्न आग्रह, कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको एमसीसी पारित हुनुपर्ने धारणा रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रतिकृया ।

४. मुलुकको राजनीति क्लाइमेक्समा पुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टिप्पणी, राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा लाग्नुपर्ने धारणा, अस्थिरता चाहनेविरुद्ध गरिने प्रतिकारको परिणाम छिट्टै गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी ।

५. नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस, शहरी क्षेत्रका विद्यालय विशेषगरि नयाँ भेरियन्ट देखिएका ठाउँमा वैकल्पिक विधिबाट पठनपाठन सन्चालन गर्नु पर्ने, रात्रीकालिन व्यवसायहरुमा विगतको भन्दा कडाई गर्ने र जनस्वास्थ्यका मापदण्ड लागु भए नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल ।

६. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपालबीच भेटवार्ता, कर्णाली प्रदेशमा माधव समूहका सांसदको विद्रोहले उत्पन्न राजनीतिक परस्थितिबारे छलफल, अन्य प्रदेशहरुमा समेत थप योजनावद्ध रुपमा अघि बढ्नु पर्नेमा दुबै नेताको जोड ।

७. नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्यो, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरे पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्य नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई कारवाही, फ्लोर क्रस गर्नेमध्ये पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य समेत रहेका प्रकाश ज्वालाबारे निर्णय गर्ने जिम्मा केन्द्रलाई ।

८. कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद पुनःगठनको तयारीमा, नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर पुनःगठन गर्ने तयारी, एक साताभित्र कर्णाली प्रदेशमा मन्त्रिपरिषद पुनःगठन हुने ।

९. पहिलो त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजमा पहिलो खेलमा नेपालले नेदरल्यान्ड्समाथि सानदार जित निकाल्यो, टीयू मैदानमा भएको खेलमा नेपालद्वारा नेदरल्यान्डस ९ विकेटले पराजित, नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ ।

१०. क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरे, नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको धारणा, क्युवाली राष्ट्रपति मिगेल दियाज कनेल पार्टीका महासचिव हुने, क्यास्ट्रोको राजीनामासँगै क्युवामा ६२ वर्षपछि क्यास्ट्रो परिवारको सत्ता कमान्ड गैर–क्यास्ट्रो हातमा ।

प्रतिक्रिया दिनुहोस्