Logo
Logo

पेट्रोलको मूल्य फेरि बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा १–१ रूपैयाँ मूल्य वृद्धि गरेको छ ।


शनिबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।
योसँगै पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

आन्तरिक तर्फको हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्