Logo
Logo

अनामनगरमा विभत्स घटना, देवरले लखेटी लखेटी भाउजुकाे हत्या गरे


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंको अनामनगरमा देवरले भाउजुको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीले शनिबार साँझ आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेका छन् । मोहनलाई प्रहरीले पक्राउ गरेको छ ।


महानगरपालिका–१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गर्नेक्रममा निज महानगरीय प्रहरी परिसर काठमाडौंमा आफै उपस्थित भएको अवस्थामा नियन्त्रणमा लिइएको हो । रड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घरायसी विवादमा सो हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्