Logo
Logo

पदमुक्त भएका बादलको स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने, आजैबाट दिनगन्ती सुरु


दृष्टि संवाददाता


काठमाडौं । पदमुक्त भएका रामबहादुर थापा मगर ‘बादल’को स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ । निर्वाचन गर्नका लागि आज आइतबारबाटै काउन्टडाउन (दिनगन्ती) सुरु भएको छ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल आइतबार पदमुक्त भएका हुन् । राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ मा रिक्त स्थानमा ३५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । ऐन २०७५ को दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ ।’

बादल बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । आज आइतबार रिक्त रहेको सो पदबारे राष्ट्रिय सभाले आज नै प्रधानमन्त्री कार्यालय र निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस्