Logo
Logo

अर्थ मन्त्रालयका १० सहसचिवको सरुवा र पदस्थापन


दृष्टि संवाददाता


काठमाडौं । अर्थ मन्त्रालयका १० सहसचिवको सरुवा र पदस्थापन भएको छ । हालै अर्थमा सरुवा भएका सहसचिवहरुको जिम्मवारी तोकिर केहीको सरुवा गरिएको छ ।


सहसचिव थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ भने वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यको अर्थ मन्त्रालयमा सरुवा भएको छ। वीरगञ्ज भन्सार प्रमुखमा मा विश्वप्रसाद अर्याल पठाइएको छ।
मन्त्रालयका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासकमा पदस्थापन भएको छ भने उमाकान्त आचार्य अर्थमन्त्रालयबाट सह महालेखा नियन्त्रकमा पदस्थापन भएका छन् । ईश्वरीप्रसाद अर्यालय अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशक तथा महेश भट्टराईको अर्थ मन्त्रालयमा पदस्थापन भएको छ ।
सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख र भन्सारका उपमहानिर्देशक भूमिराम शर्मा नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा सरुवा भएको छ । मन्त्रालयका महत्वपूर्ण महाशाखाका प्रमुख भने हेरफेर गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्