Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसको आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो। बैठक सोमबार दिउँसो ४ बजे बस्ने गरी स्थगित गरिएको हो।

महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो। भदौमा १४औं महाधिवेशन तोकिएपनि कार्यतालिका अनुसार कार्य हुन सकेको छैन।

क्रियाशील सदस्यता वितरण/नवीकरण तथा समायोजन तोकिएको समयमा हुन सकेको छैन। कार्यतालिका प्रभावित भएसँगै क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कार्य सुरु गर्न पाएको छैन।

प्रतिक्रिया दिनुहोस्