Logo
Logo

एमसीसीले नेपालको हित गर्ने डिला संग्रौलाको दावी


दृष्टि संवाददाता


बागलुङ । नेपाली कांग्रेसका नेता डिला संग्रौलाले एमसीसी नेपालको हितमा आएको परियोजना भएकोले पास गर्नुपर्ने दावी गरेकी छन् । आइतबार बागलुङमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार अन्तरक्रियामा संग्रौँलाले समृद्धि र विकासका निम्ति ल्याइएको परियोजनालाई सबै मिलेर अघि बढाउनुपर्ने बताएकी हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै परिवतर्न हुने बताउँदै त्यसपछि कांग्रेसले नेतृत्व लिने र विकास निर्माणको गति बढाउन एमसीसी पास गर्ने कांग्रेसको योजना बताएको समेत बताइन् । एमसीसी पास गर्ने र संविधानलाई मूलधारमा ल्याउने काममा कांग्रेस नेतृत्व आवश्यक रहेको उनको तर्क थियो ।

‘ओली सरकार अर्कमण्यताको पर्याय भएको भन्दै जे मन लाग्यो त्यही गर्ने स्वेच्छाचारी र अधिनायक सरकारको विकल्प दिन कांग्रेसले तयारी गरेको हो,’ उनले भनिन्, ‘एक्लै सरकार बनाउने संख्या नभएकोले माओवादी र जनता समाजवादीसँग छलफल भइरहेको छ ।’ केन्द्रीय समिति बैठकले पनि एमसीसी पास गर्ने शर्तमै सरकारमा जाने म्याडेण्ड दिएको उनले बताइन् ।

संग्रौलाले केपी ओलीलाई नक्कली राष्ट्रबाद र नैतिकता हराएको नेता भएको आरोप समेत लगाइन् ।

प्रतिक्रिया दिनुहोस्