Logo
Logo

माधव पक्षसँग छिट्टै पार्टी एकता हुन सक्छ : देवेन्द्र पौडेल


दृष्टि संवाददाता


पर्वत । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेकपा एमालेको माधवकुमार नेपाल पक्षसँग छिट्टै पार्टी एकता हुन सक्ने बताएका छन् ।

सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे।

उनले जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको पनि बताए ।

नले नेपाली काँग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको जनाउँदै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको सुनाए । उनले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओली प्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्