Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । महाधिवेशन तयारीका विषयमा छलफल गर्न बोलाइएको बैठक अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

संस्थाप पक्ष र संस्थाप इतर समूहबीच सहमति नजुट्दा बैठक सोमबारका लागि बोलाइएको छ । सोमबार अपराह्न चार बजे अघि नै शीर्ष नेताबीच सहमति जुटेर महाधिवेशनको विषयमा प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

पटक–पटक म्याद थप गर्दा समेत सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन् । क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो । तर, तोकिएको समयसीमामा केही जिल्लाले इन्ट्री थालेका छैनन् । क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री शुरू नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ ।

पछिल्लो राजनीतिक अवस्था र महाधिवेशन तयारीका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्