Logo
Logo

एमाले अध्यक्ष ओलीले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित एमाले पार्टी कार्यालयको शिलान्यास गर्ने भएका छन् । २०७२ सालको भूकम्पले भत्किएको मुख्यालायको निर्माण गर्न अध्यक्ष ओलवीले वैशाख ९ गते शिलान्यास गर्ने भएका हुन् ।

यस्तै, पार्टी कार्यालय शिलान्यास गरेकै दिन धुम्बाराहीको पार्टी कार्यालयलाई बबरमहल सारिनेछ । बल्खुको पार्टी कार्यालय भूकम्पबाट भत्किएपछि एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो ।

तर, चक्रपथ सडक बिस्तारले कार्यालय सञ्चालनमा असर गरेको भन्दै एमालेले बबरमहलमा कार्यालय सार्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्