Logo
Logo

ओलीले आफूलाई मदन भण्डारी जस्तो ठान्न थाले : विरोध खतिवडा


दृष्टि संवाददाता


मकवानपुर । प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराज ज्ञानेन्द्र बन्न खोजेको आरोप लगाएका छन् ।

आइतबार हेटौंडामा भएको पार्टीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र बन्नुपर्ने रहेछ, त्यसैले हामी र हाम्रो पार्टी बिर्सिएर राष्ट्रवादी नेता केपी ओली र केपी ओली आइ लभ यू’ जस्ता नारा आफ्ना कार्यकर्तालाई रटाएर भट्ट्याउन लगाए ।’

ओली आफू प्रधानमन्त्री बन्नकै लागि माओवादीसँग एकीकरण गरेको पनि उनको ओरोप थियो । प्रधानमन्त्री ओलीले आफ्नो फाइदा र अवसरको लागि मात्र माओवादीसँग गठबन्धन गरेको र आफ्नो स्वार्थ पूरा भएपछि पार्टी एकतालाई तोड्ने काम गरेको पनि उनले बताए ।

खतिवडाले प्रधानमन्त्री ओलीले अहिले आफूभन्दा ठुलो र राष्ट्रवादी कोही नभएको भन्दै आफूलाई मदन भण्डारी र मनमोहन अधिकारी जस्तो ठान्न थालेको समेत आरोप लगाए । उनले भने, ‘मैले पार्टीका धेरै नेताहरुको समयमा काम गरे । नेता मनमोहन र मदन भण्डारीको समयमा पनि पार्टीमा रहेर काम गरें । त्यस समयमा पनि यस्तो काम भएन, जुन अहिले हाम्रा प्रधानमन्त्री गर्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले पार्टी र पार्टीका लागि त्याग गरेका व्यक्तिहरुको योगदानलाई बिर्सिएर आफू शक्तिशाली र ठूलो भएको देखाउनका लागि चाकडी गर्नेहरुलाई काखी च्यापेको बताए ।

प्रतिक्रिया दिनुहोस्