Logo
Logo

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव, नयाँ मुख्यमन्त्रीमा केसीको नाम प्रस्ताव


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
प्रदेशमा ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको कांग्रेस प्रदेशसभा प्रमुख सचेतक फखरुदिन खानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्