Logo
Logo

त्रिकोणात्मक टि-२० सिरिज : मलेसियामाथि नेपालको सानदार जित


दृष्टि संवाददाता


काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले मलेसियामाथि सानदार जित निकालेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतिमा ११३ रन बनायो । नेपालका लागि कुशलले ६१ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि आसिफ शेखले ४२ रन बनाए । उनले २९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । आसिफ ११ ओभर १ बलमा भरुनदीपको बलमा क्याच आउट भएका थिए । आसिफले कुशल भुर्तेलसँग १०२ रनको साझेदारी गरेका थिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा १०९ जोड्दै अलआउट भएको थियो । जितसँगै नेपालले सिरिजमा २ खेलबाट ४ अंक जोडेको छ । नेपालले आफ्नो फाइलन प्रवेशको सम्भावनालाई पनि बलियो पारेको छ ।

मलेसियाको भने यो दोस्रो हार हो । मलेसिया पहिलो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो । नेदरल्यान्ड्सले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलमा मलेसियामाथि १५ रनको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्