Logo
Logo

एमालेले माधव नेपालसहित २० नेतालाई स्पष्टीकरण सोध्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले वरिष्ठ नेता माधव नेपालसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोपमा नेता नेपाल, भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने जनाइएको छ ।

ओलीले बैठकमा नेता माधवकुमार नेपालप्रति तीव्र असन्तुष्टि व्यक्त पनि गरेका थिए । उनले नेपाल अर्कोको पतिका लागि सती गइरहेको टिप्पणी समेत गरेका थिए ।

‘सती प्रथा अन्त्य भइसक्यो । त्यो प्रथा रहँदा पनि ती बिचरा अबला नारीहरुलाई आफ्नो पतिको नाउमा सती पठाइन्थ्यो। तर, आज माधव नेपालहरु अर्काको पतिको लागि सती गइरहेका छन् । आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरुलाई फाँसी चढाउँदै छन्। यो उनको ऐतिहासिक अपराध हो, बैठकमा ओलीले भने ।

समितिको बैठक १० गते फेरि बस्नेगरि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्