Logo
Logo

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदलाई मन्त्री उपहार


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका चार सांसदलाई मन्त्री बनाएका छन् ।

आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका हुन् । उनीहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ गराएका छन् ।

सन्तोष पाण्डेलाई भौतिक भौतिक पूर्वाधार र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी, विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय को जिम्मेवारी दिइएको छ भने सुमन शर्मा रायमाझीलाई भौतिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्