Logo
Logo

कर्णालीमा माधवकुमार नेपालले अपराध गरे : केपी ओली


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले कर्णालीमा माधवकुमार नेपालले बेइमानी गरेको आरोप लगाएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबारबाट सुरु भएको १०औं महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले कर्णालीमा माधव नेपालले घात गरेको बताएका हुन् ।

उनले पार्टीलाई नै मास्न नेपाल र उनका समूह उद्दत रहेको भन्दै यसका विरुद्ध पार्टीले कडा कदम चाल्ने समेत बताएका छन् । शुक्रबार कर्णाली प्रदेशमा नेपालपक्षका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । मत दिने चार जनालाई पार्टीले कारवाही गरिसकेको छ ।

यस्तै, बैठकमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध कुप्रचार गरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्