Logo
Logo

होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र खाेल्न पाइने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ भने सिट क्षमता भन्दा बढी राख्न पाइने छैन ।

लामो दूरीका सवारी साधनले यात्रुको विषयमा सीडीओ कार्यालयमा जानकारी दिनुपर्नेछ भने बाटोमा मान्छे चढाउन नपाइने नियम बनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्